भेरीगंगाको उपप्रमुखका स्वतन्त्र उम्मेदवार शर्माको उम्मेदवारी फिर्ता


सुर्खेत । भेरीगंगा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनु भएकी सिता शर्माले उम्मेदवारी फिर्ता लिनु भएको छ । आज एक प्रेश विज्ञपती जारी गर्दै शर्माले बैशाख ३० गते हुने निर्वाचनमा एमाले पार्टीलाई विजयी गराउन एकताबद्ध भएर लाग्ने बताउनु भएको हो । आफुले दिईएको स्वतन्त्र उम्मेदवारीले एमाले पार्टीका आधिकारीक उम्मेदवारलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको भन्दै आफ्नो उम्मेदवारी स्थगन गरेको उहाँले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । आगामी दिनमा पार्टीका आधिकारीक उम्मेदवारहरुलाई मन बचन र कर्मले विजयी गराउन लागी पर्ने र पार्टीको नियमित काममा लाग्ने उहाँले जारी गरेको विज्ञप्तमिा उल्लेख गरिएको छ । एमालेबाट नगर प्रमुखमा यज्ञ प्रशाद ढकाल र उपप्रमुखमा धनसरा बोहोराको उम्मेदवारी रहेको छ ।

 

तपाईको प्रतिक्रिया