बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका पुरूष मृत फेला 

बर्दिया । बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन्।


आज बिहान १० बजे मधुवन नगरपालिका ३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गेरूवा गत बिहीबार अपराह्न ४ बजे कर्णली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएको खबरपछि प्रहरी चौकी कोठियाघाटबाट टोली खटिएको थियो। टोलीले डुंगा र अरू माध्यमबाट खोज्दा पनि फेला परेको थिएन ।
त्यसपछि नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीयको टोलीले खोज्दा आज शव फेला परेको हो। शव डुबकै स्थानमा फेला परेको सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया