कांग्रेसका उपसभापती खड्का भोली सुर्खेत आउँदै

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँने हुनु भएको छ ।

खड्का भोली काठमाडौंबाट गृह जिल्ला सुर्खेत आउँने हुनुभएको हो ।
बैशाख २५ गते भोली बिहान साढे ७ बजे बुद्धयरको विमानबाट सुर्खेत आउँने कार्ययोजना रहेको खड्काको निजी सचिवालयले जनाएको छ ।
खड्का गृह जिल्ला सुर्खेतमा हुने स्थानीय तहको निर्वाचनका विभिन्न कार्यक्रममा सहभागी हुन आउँन लाग्नुभएको हो ।

तपाईको प्रतिक्रिया