जाजरकोट शिवालय गाउँपालीकाले आचारसंहिता विपरित गर्दै चुनाव प्रचारप्रसार

जाजरकोट । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटनाहरू समेत बढ्दै गएका छन । जाजरकोट शिवालय गाउँपालीकाले निर्वाचन आचारसंहिता मिच्दै चुनाव प्रचारप्रसार गरेको छ ।

२०७२ मा बालबालिकासँग प्रत्यक्ष सम्वन्धित बुदाँ नं ४ (ड) मा उल्लेखित ‘निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ प्रावधान राखेको छ । तर, जाजरकोट शिवालय गाउँपालीकाले भने आचारसंहिताको धज्वी उडाएको हो ।

बालबालिकाको प्रयोग गर्न हुँदैन भनेर आचारसंहितामा उल्लेख गरेको भएपनि शिवालयमा आचारसंहिता विपरित बालबालिकाको प्रयोग, ठूला झण्डाहरू ठुलो फोटा सहितको ब्यानर बनाएर बालबालिकालाई चुनाव प्रचारप्रसारको नारामा जिन्दावाद जिन्दावाद भन्न लगाएको झण्डा समातेको फोटा दर्शन खबरलाई प्राप्त भएको छ ।


तपाईको प्रतिक्रिया