हुम्ला । बैसाख ३० गतेको हुँन गैरहेको स्थानीय तह निर्वाचनका लागि सात गाउँपालिकाको अध्यक्ष पदका लागि २० जना र उपाध्यक्षको लागि २४ जना भिड्ने भएका छन् ।
बैशाख १२ गते मनोनयन गरेका सबै उम्मेदवार मध्य अहिले सम्म २० जना अध्यक्षका उम्मेदवार र २४ जना उपाध्यक्षका उम्मेदवारहरु चुनाबी प्रतिस्प्रधा गर्ने भएको हुम्ला जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।
हिमाली जिल्ला हुम्लामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी जिल्लाका सात वटा गाउँपालिकामा २० जना उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धामा रहेकोे छन । जिल्ला स्थित राजनीतिक दल बाट १६ जनाले उमेदारी दर्ता गराएका हुन ।
एमाले बाट ६ जना र गठबन्दनको तर्फबाट ७ जना,राप्रपाबाट १ नेकपाबाट १ र नेकपा विप्लवबाट १ जना र स्वतन्त्रतर्फबाट ४ जना उम्मेदवारले स्थानिय तहको निर्वाचनमा भिड्न लागेको मुुख्यनिर्वाचन अधिकृत जगतबहादुुर पौडेल बताए ।
बैसाख ३० गतेको स्थानिय निर्बाचनको लागि एमालेकोबाट सिमकोट गाउँपालिकामा महेन्द्रबहादुुर शाही, खार्पुनाथ गाउँपालिकामा प्रकाशबहादुुर शाही, सर्केगाड गाउँपालिकामा ज्ञानी बुमी, चङ्खेली गाउँपालिकामा विमला कुमारी शाही, अदानचुलीमा दल फडेरा, ताँजाकोट गाउँपालिकामा अजमल बुढाले अध्यक्षको उमेदारी दर्ता गराई चुनाबि मैदानमा रहेका छन् ।
यसै गरी गठबन्धनको तर्फबाट सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विजय भण्डारी,नाम्खा गाउँपालिकामा प्रेम लामा, खार्पुनाथ गाउँपालिका कांग्रेसका कर्णबहादुर रावल, सर्केगाड गाउँपालिकामा कांग्रेसका ठानबहादुुर रोकाया, चंखेली गाउँपालिकामा माओबादीका गोविन्द बहादुुर शाही र अदानचुलि गाउपालिकामा नेपालि कँग्रेसका पाटी सभापती मोहनविक्रम सिंह र ताँजकोट गाउँपालिकामा माओवादी केन्द्रका लालकेश जैसी चुनाबि मैदानमा रहेका छन्।
जिल्लामा स्थापीत अन्य साना दलहरुले भने कुनै गाउपालिकामा आफ्नो उमेदारी दर्ता गराएका छन् सिमकोट गाउँपालिकामा राप्रपाबाट सुरेश महत,सर्केगाड गाउपालिकामा नेकपाबाट रंगमल रोकाया,अदानचुलि गाउपालिकामा नेकपा विप्लवबाट खड्क सिंह उमेदारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्रोतले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुुसार अध्यक्ष पदका केही स्वतन्त्र उमेदारी पनि दर्ता गराएका छन जस्मा नाम्खा गाउँपालिका स्वतन्त्रबाट सूर्यबहादुुर लामा, चंखेली गाउपालिकामा प्यारीलाल शाही, ताँजाकोट गाउपालिकामा स्वतन्त्रबाट अकवीर खड्का र अर्जुन बुढा स्थानिय निर्बाचनमा अध्यक्षको उमेदारी दर्ता गराई चुनाबी मैदानमा रहेको भए पनि ताँजाकोटका अकबिर खड्काले एक लाखको माला लगाई आधिकारीक उम्मेदवार लालकेश जैसीलाई समर्थन दिदै आफ्नो उम्मेदवारी निष्कृय पारेका छन् भने ताँजाकोटकै अर्जुन बुढाले पनि समर्थन दिइ सकेको बताइएको छ ।
यता सात वटै गाउँपालिकाका लागि उपाध्यक्ष पदमा दल तथा स्वतन्त्र गरी २४ जना चुनावी मैदानमा रहेका छन । उपाध्यक्ष पदमा पनि गठबन्धन, एमाले र स्वतन्त्र गरी निर्वाचनमा होमिएको मुुख्यनिर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताए । स्रोत युग न्युज


दर्शन खबर । २३ बैशाख २०७९, शुक्रबार