सुर्खेत ।
सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर–१४ को गुमीबाट छिन्चु तर्फ जाँदै गरेको ना २ ख ७४४४ नम्वरको बसलाई हतियारसहित आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको कार्यकर्ताले आइतबार राति गोचेखोलामा रोकेर आगजनी गरेकाे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाँच–छ जनाको हतियारसहितको समूहले बसका चालक, सहचालक र साहुलाई बसबाट झारेर पेट्रोल खन्याएर बसमा आगजनी गरेको हो । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस जलेको ठाउँ नजिकै संकास्पद बस्तु समेत फेला पारेको छ ।
प्रहरीका अनुसार अहिले उक्त क्षेत्रमा विशेष सतर्ककका साथ शुरक्षाकर्मी परिचालन गरि सो क्षेत्रमा शुरक्षा दिइएको छ ।


दर्शन खबर । १३ जेष्ठ २०७६, सोमबार