पूर्वाधार अभावहुँदा पठनपाठनमा समस्या

जुम्ला ।
जुम्लाको सिंजा गाउँपालिका–६ रुगागाउँमा रहेको जनज्योति आधारभूत विद्यालय पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयको घेराबार, भौतिक संरचना र फर्निचर राम्रो नहुँदा समस्या भएको हो । घेराबार नहुँदा विद्यार्थीहरु विद्यालय समयमै विद्यार्थीहरु भागेर घर जाने गरेको शिक्षकहरुको गुनासो छ ।
कक्षामा कोठामा विच्छ्याइएको कार्पेट च्यातिएको छ । भूइँ फोहोरले भरिएको छ । कक्षा कोठामा रहेका डेस्क बेञ्च पनि भाँचिएका छन् । प्रधानाध्यापक नरेन्द्र रोकायाले दुर्गमको विद्यालयमा सरोकारवाला निकायको नजर नपुगेकाले विद्यालयको अवस्था नाजुक रहेको बताउँछन् ।

विद्यालयको अवस्था नाजुक रहेकाले विद्यार्थीको पठनपाठन कमजोर बनेको उनको दाबी छ ।
शिक्षकहरु विद्यालयमा नियमित उपस्थित नहुने भएकाले एउटै शिक्षकले कुनै दिन नौ वटा पिरियडसम्म पढाउनु पर्ने अवस्था रहेको अभिभावकहरुको गुनासो छ । शिक्षकहरु आलोपालो गरेर विद्यालय आउने र आए पनि पठनपाठनमा ध्यान नदिने भएकाले मध्य दिनमै विद्यार्थी घर फर्किने गरेको कक्षा ५ की विद्यार्थी क्रिष्मा शाहीले बताईन् ।

उनले भनिन्, ‘हामी कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयको नाम समेत राम्रोसँग उच्चारण गर्न आउँदैन् ।’ विद्यालयमा नियमति पढाइ नहुने भएकाले आफुखुसी घर फर्कने गरेको कक्षा ५ का छात्रा मुकेश रोकायाले बताए ।
११४ जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा चालिस प्रतिशतभन्दा कम विद्यार्थी मात्र उपस्थित हुने गरेका छन् । कक्षा दुईमा चार जना मात्रै विद्यार्थी छन्। अन्य कक्षामा पनि विद्यार्थीको संख्या कम रहेको छ ।

विद्यालयमा राम्रो पढाइ नहुने भएकाले रुगागाउँका बालबालिका जुम्ला बजार, सुर्खेत र नेपालगञ्ज गएर पढ्ने गरेका छन् प्राथमिक तहमा प्रधानाध्यापकसहित तीन जना दरबन्दी, एक जना राहत र निजीतर्फ तीन जना शिक्षक गरी जम्मा सात जना शिक्षक छन् । तर, गणित र अंग्रेजी विषयका मात्रै शिक्षक छन् । अन्य विषयका शिक्षकनै नभएको प्रधानाध्यापक रोकायाले बताए ।

तपाईको प्रतिक्रिया