वीरेन्द्रनगर । एमालेको वीरेन्द्रनगर नगरपालिकाको निर्वाचन प्रतिबद्धता २०७९ सार्वजनिक भएको छ ।
स्थानीय सरकारले एमालेको साथमा, विकास र समृद्धि जनताको हातमा भन्ने मुल नारा साथ एमाले वीरेन्द्रनगर नगर कमिटिले निर्वाचन प्रतिबद्धता २०७९ सार्वजनिक गरेको हो ।उक्त निर्वाचन प्रतिबद्धता अनुसार वीरेन्द्रनगर नगर क्षेत्र भित्रका सडकहरुको स्तरोन्नती गरि नगर बस सञ्चालन देखि उपयुक्त स्थानमा सुर्खेत विमानस्थलको सभ्याव्यवता अध्ययन गरिने उल्लेख गरिएको छ ।

यस्तै, हालको नगरपालिकालाई उपमहानगरपालिका बनाउँनका लागि आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास, वडाकै सिफारिसमा प्रत्येक वडामा नगर गौरवका पूर्वाधारमा योजना निर्माण गरिने, रत्न राजमार्ग देखि दक्षिणतर्फ क्षेत्रको बाटोको क्षेत्रधिकार तोकी सकड कालोपत्रे र स्तरोन्नतिमा व्यवास्थापन गरिने एमाललेले जनाएको छ ।


दर्शन खबर । १७ बैशाख २०७९, शनिबार