सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन 

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

पाँचदलीय गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार प्रदेश स्तरीय संयन्त्रले कर्णालीका १० मध्ये आठ जिल्लामा मनोनयन अघिनै पालिकाहरु भागबण्डा टुङ्ग्याएको थियो । सुर्खेत र रुकुममा नमिल्दा अन्य जिल्लाहरु गठबन्धनमा आवद्ध सबै दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए ।

सुर्खेतमा भने हिजो कांग्रेस र माओवादी केन्द्रबीच पालिका भागबण्डा टुंगिएको थियो । दुई दलबीच भएको सहमति अनुसार कांग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा नगरपालिकाको उप मेयरमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।
माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको मेयर र चिंगाड, सिम्ता र बराहताल अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । यस्तै चौकुनेमा माओवादीले उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ ।


तपाईको प्रतिक्रिया