कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मागे अर्थमन्त्रीको राजीनामा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिंदै काममा फर्कन भनेपछि विश्वप्रकाशले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।
विश्वप्रकाशले बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यको फोटो पोस्ट गर्दै राजीनामा माग गरेका हुन् ।

 


तपाईको प्रतिक्रिया