एसईई परीक्षामा जाजरकोटबाट ४ हजार १ सय ९० विद्यार्थी सहभागी हुँदै

जाजरकोट । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई बैशाख ९ गतेबाट हुने भएको छ । विगत २ वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन नसकेको एसईईमा यस वर्ष भने भौतिक रुपमै परीक्षा सञ्चालन गरिँदै छ ।

ती दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई एसईई पास गराइएको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटका प्रमुख रमेश मल्लका अनुसार परीक्षाका लागि जाजरकोटमा २० वटा परीक्षा केन्द्र तय गरिएको छ । ती केन्द्रहरुमा बोर्डले तयार पारेका प्रश्नपत्रहरु पठाइने र सोही आधारमा कोरोना काल भन्दा अगाडिको जस्तै गरी परीक्षा सञ्चालन हुने मल्लले बताए ।

यस वर्षको एसईई परीक्षामा जाजरकोटबाट ४ हजार १ सय ९० जना परीक्षार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ छात्र २ हजार ४ जना र २ हजार १ सय ८६ छात्राले परीक्षा परीक्षा दिदै छन् ।


तपाईको प्रतिक्रिया