सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन एक हजार मतगणना गर्दा कँडेल ५०५, खड्का ४७९ २६ मतको अन्तर

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको एक हजार मत गणना गरेर सकिएको छ । एक हजार मतगणना गर्दा लक्ष्मण कँडेलले ५०५ मत प्राप्त गरेका छन भने अर्का अध्यक्षका दावेदार हर्षविक्रम खड्कले ४७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

मतगणनाको परिणाम हेर्दा २६ मतको अन्तर रहेको छ । निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको छ । संघको १३ औं कार्यसमितिको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया