थप १४ जनामा काेराेना सङ्क्रमण, ५५ जना निकाे


काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय तीन जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५५ जना कोरोना सङ्क्रमित निको भएसँगै नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार सय ३८ जनामा झरेकाे छ । याे अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

यसैबीच पछिल्लो २४ घण्टामा सात हजार आठ सय ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।


तपाईको प्रतिक्रिया