अपांगता संग सम्बन्धीत काम गर्ने संस्था तथा सरोकारवालाहरु बिच वीरेन्द्रनगरमा अन्तरक्रीया


सुर्खेत । अपांगता संग सम्बन्धीत काम गर्ने सरकारी, गैर सरकारी संस्था तथा सरोकारवालाहरु बिच अन्तरक्रीया र्यक्रम सम्पन्न भएको छ । बुधवार जील्ला जनस्वास्थ्य सेवा कार्यलय सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा अन्तर्कृया कार्यक्रम सम्पन्न गरीएको हो । अपांगता सम्बन्धी आधारभुत स्वास्थ्य सेवा प्रवाहको विषयका मुख्य मुद्दाहरु, चुनौती र अवसरहरुको बारेमा कार्यक्रममा छलफल गरीएको थीयो ।
नेपालमा करिव ५ लाख भन्दा बढि मानिस बिभिन्न खालको अपांगता भएका छन सो मध्ये करिब ९०% मानिस दुर्गम ग्रामीण बस्तीमा बस्ने गरेको तथ्याङ्क अन्तरक्रीया कार्यक्रममा सार्बजनिक गरीएको थीयो । कर्णालीमा मात्र अपांगता भएका व्यक्तिहरुको जम्मा संख्या ४९११९ (३.१३%) रहेको छ । सुर्खेतमा मात्र हेर्ने हो भने अपांगता भएका व्यक्तिहरुको संख्या १०१९१ (२,९३%) जस मध्य महिला ४६७२ पुरुष ५६९९ रहेको तथ्याङ्कमा उल्लेख छ ।
अपाङ्गता आफैमा समस्या नभएको र जन्मे देखी ५ बर्ष भीत्र अपाङ्गता पहिचान गर्न सके ५० प्रतिशत बौद्धिक समस्या कम गर्न सकीने राष्ट्रिय अपाङ्ग माहासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु शर्माले बताउनुभयो । बिभीन्न सेवा प्रदायक संस्थाहरुको संरचना निर्माण गर्दा पनि अपाङ्गता भएका ब्यक्तीहरुको समस्यालाई मध्यनजर गरी अपाङ्गमैत्री बनाउन सके सहज हुने उहाँको भनाई । कर्णालीमा अपाङ्गता साहायक सामाग्री को मर्मत तथा साहायता दिने कुनै पनि नीकाय नभएकोले सामान्य समस्याकोलागी पनि कर्णालीका अपाङ्गता भएका ब्यक्तीहरुलाई काठमाडौँ नै पुग्नुपर्ने बाध्यता रहेकोले त्यस तर्फ पनि सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको उहाले बताउनुभयो ।
अपाङ्गता भएका ब्यक्तीहरुकोे सम्मान र उनिहरुको समस्या पहिचान गरी समाधानको पाटोमा सरोकारवालाहरुको भूमिका जुटाउन कार्यक्रमको आयोजना गरिएको अन्तरक्रीया कार्यक्रम का अध्यक्ष तथा जिल्ला जनस्वास्थ्य सेवा कार्यलय सुर्खेतका निमीत्त प्रमुख गणेश भक्त गौतम बताउनुभयो ।
अन्तरक्रीया कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधीकारी खगेन्द्र प्रशाद रीजाल, जिल्ला समन्वय समीती उपप्रमुख देबि भट्टराई, सामाजीक बिकास मन्त्रालयको सामाजीक बिकास माहशाखा अधिकृत अनिता ज्ञावली, वीरेन्द्रनगर नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक पदम बहादुर बिस्ट, ट्राफीक प्रहरी कार्यलय सुर्खेतका प्रहरी निरीक्षक उपेन्द्र आचार्य, अपाङ्गता भएका ब्यक्तीहरुका हक हितकोलागी काम गर्ने बिभीन्न सरकारी तथा गैर सरकारी संघ सस्थाको प्रतिनीधीहरु लगाएतको उपस्थीती रहेको थीयो ।


तपाईको प्रतिक्रिया