सुर्खेत । जुम्ला प्रहरीले लागूऔषध चरेश सहितदुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ५ बजेर ४० मिनेटको समयमा तातोपानी गाउँपालिका–५ का अन्दाजी १९ वर्षीय टेकेन्द्र नेपालीलाई प्रहरीले प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ५ राजासिम तिला नदी तर्फ जाने सडक खण्डमा संकास्पद रुपमा हिडडुल गर्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध चरेश जस्तो देखिने ०.५२० मिलिग्राम फेला पारेको जनाएको छ ।
उनलाई सोधपुछ गर्दा तिला गाउँपालिका–७ घर भई राजासिम स्थित किराना पसल गरेका ३१ वर्षीय हरिबहादुर रोकायाको पसलबाट ल्याएको भन्ने बयान दिएको प्रहरीले जनाएको छ ।
साथै, हरिबहादुर रोकायाको पसलमा प्रहरी टोली खटिएका रितपुर्वक खानतलासी गर्दा लागूऔषध चरेश जस्तो देखीने पदार्थ १५ ग्राम ५०० मिलिग्राम बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिएको छ ।


दर्शन खबर । ३० चैत्र २०७८, बुधबार