सल्यानमा जीप दुर्घटना एक जनाको ज्यान गयो, एक जना घाइते

सुर्खेत – सल्यानमा बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् ।

शारदा नगरपालिका १ दारिमचौरबाट श्रीनगरतर्फ छुटेको भे १ ज ३३६ नम्बरको जीप मोड्ने क्रममा घुम्तीबाट पल्टिँदा १७ वर्षका नारायण वलीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका नारायण वलीको उपचारका क्रममा श्रीनगरमा रहेको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुल्यानले जनाएको छ । दुर्घटनामा नारायण वलीका दाइ थलराज वली सामान्य घाइते हुनु भएको छ । जीप चालकसमेत रहेका थलराज वलीलाई प्रहरीले पक्राउ गरेको छ ।


तपाईको प्रतिक्रिया