जाजरकोटमा तीस लिटर मदिरा र २२० लिटर कच्चा पदार्थ नष्ट

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका वडा नं ०५ र ०७ मा तीस लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।

ईलाका प्रहरी कार्यालय वडावन बाट प्रहरी नायव निरिक्षक देवबहादुर गुरुङको कमाण्ड गएको टोलीले वडा भित्रका बजारमा रहेको घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार घरेलु तयारी मदिरा ३० लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी २ सय २० लिटर, मदिरा बनाउन प्रयोग हुने भाँडा सेट ३ थान बरामद गरी सबै सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ ।


तपाईको प्रतिक्रिया