बाँके । बाँकेको नरैनापुरमा आगलागिबाट १२ घर जलेर नष्ट भएको छ ।
नरैनापुर गाउँपालिका वडा नं ४ को कृष्णनगरमा सोमबार दिउँसो आगलागि भएको हो ।
करिब डेढ घण्टाको प्रयास पछि आगो नियन्त्रणमा लिइएको हो । उक्त आगो रेडक्रसकर्मी, स्थानिय बसिन्दा, सशस्त्र प्रहरी र नरैनापुरको गाउँपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।
प्रहरीका अनुसार, आगलागिबाट १२ घर र ४ वटा बाख्रा जलेर नष्ट भएको छ । भने मानवीय क्षति नभाएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


दर्शन खबर । २१ चैत्र २०७८, सोमबार