
सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किएका छन् । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनी पछिल्लो समय नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका छन् ।
प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बाल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गरेका छन् ।
लामो समय लगानी गरेको दल त्यागेर समाजवादीमा जानुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना गरिएको भएपनी मूलघरमै फर्किएका उहँले बताउनु भयोे । अब एमालेमै फर्केर जनताको सेवामा खट्ने उहाँले बताउनुभयो पार्टी प्रवेशपछि उहाँले एमाले नै जनताको वास्तविक साथी भएको र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का भएको बताउनुभयो । अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तीकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिएको बताउनुभयो ।


दर्शन खबर । १८ चैत्र २०७८, शुक्रबार