
भेरीगंगा । भेरीगंगा नगरपालिका वडा नम्वर २ लेखराजुल जब्दी बाट चिरान काठ सहित १ जना पक्राउ परेका छन् । स्थानिय डम्मर बहादुर कामिले घरमा अवैध सालको काठ लुकाई छिपाई राखीएको गोप्य सुचनाको आधारका सब डिभिजन बन कार्यालय छिन्चुबाट रेन्जर भोज प्रशाद उपाध्यायको कमाण्ड गएको टोलीले १७ दशमलव ९६ फिट सालको चिरान काठ सहित कामीलाई विहिबार दिउसो २ बजे आफ्नै घरबाट पक्राउ गरीएको रेन्जर उपाध्यायले जानकारी दिनुभयो । अहिले पक्राउ परेका कामीलाई ससस्त्र बन सुरक्षा शाखा काँक्रेविहारमा राखी अनुसन्धान थालिएको छ भने बरामद गरीएको काठ सब डिभिजन कन कार्यालय छिन्चुमा राखिएको छ ।


दर्शन खबर । १८ चैत्र २०७८, शुक्रबार