भेरीगंगामा  होमस्टे तथा सिङ्गारु नाच तालीम सुरु 


सुर्खेत । भेरीगंगा नगरपालीका वडा नम्वर ४ मा १ महिने होमस्टे तथा मौलिक सिङ्गारु नाच तालीम बुधवारदेखी सुरु भएको छ ।
होमस्टे तथा मौलिक सिङ्गारु नाच तालिम भेरीगंगा नगरपालिका वडा ४ का १५ जना बेरोजगार नागरिकलाई स्वरोजार बनाउने र त्यसै गरी पश्चिम नेपालकै पुरानो एवंम मौलिक नाचको रुपमा नाचिने सिङ्गारु नाच लोप हुन नदिन उक्त तालिमको आयोजना गरीएकोे उद्योग विकास शाखा भेरीगंगाकाफोकल पर्सन चित्रा डाँङ्गीले जानकारी दिनुभयोे ।
भेरीगंगा नगरपालीकाको आर्थिक सहयोग र उद्योग विकास शाखाको आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा बोल्दै विकास तथा प्रर्वद्धन बजारीकरण, ग्रामीण क्षेत्रमा यसको महत्व धेरै हुने भएको हुदा भेरीगंगा नगरपालीका ४ का नागरिकलाई आर्थिक विकास होस भनेर यो ज्ञान सिप प्रदान गर्ने तालीमको आयोजना गरिएको तालीम लिईसकेपछि नागरिकले होमस्टे सञ्चालन गरेर कर्णाली प्रदेशकै उत्कृष्ट होमस्टे बनाउनेमा विश्वस्त रहेका गरेको भेरीगंगा नगरपालीका नगर उप्रमुख रेणु आचार्य ढकालले बताउनुभयो ।
यसोदा विक र रचना बाँठाले सहजीकरण गर्ने तालिम उद्घाटनमा प्रमुख अतिथि नगर उपप्रमुख रेण आचार्य ढकाल,विशेष अतिथि भेरीगंगा नगरपालीका वडा नम्वर ४ का वडा अध्यक्ष महाबिर खत्री उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल, उद्योग विकास शाखा फोकल पर्सन चित्रा डाँँङ्गी, उद्यम विकास सहजकर्ता सुनिता जैसी लगाएतको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया