पढ्दै कमाउँदै’ कार्यक्रमका लागि जाजरकोटका दुई विद्यालय छनोट

जाजरकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ’पढ्दै कमाउँदै’ कार्यक्रमका लागि जाजरकोटका दुई विद्यालय छनोट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो बुधबार जारी गरेको सूचनामा जाजरकोटका दुई वटा विद्यालय छनौटमा परेका हुन् ।

जुनीचाँदे गाउँपालिकाको श्री माद्यामिक विद्यालय सिर्पाचौर कृषि छेडागाड नगरपालिकाको जनप्रिय माद्यामिक विद्यालय दशेरा व्यवसायिक किट  छनौटमा परेका हुन् ।

यस्तै, देशभरका १४० विद्यालय छनोट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।

विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको हो ।


तपाईको प्रतिक्रिया