भेरीगंगामा एक महिने एड्भान्स ब्युटीसियन तालिम सम्पन्न

कुलेन्द्र शाही सुर्खेत । भेरीगंगा नगरपालीका १ महिने एड्भान्स ब्युटीसियन तालिम सम्पन्न भएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आर्थिक सहयोग र रोशनी व्युटी पार्लर एण्ड टे«निङ्ग सेन्टरको आयोजनामा फाल्गुन ११ गते देखी चैत १० गते सम्म संञ्चालन भएको तालिमको सोमवार सम्पन्न भएको हो ।
भेरीगंगा नगरपालीकाका १५ जना किशोरी तथा महिलाहरुलाई १ महिने ब्युटी पार्लर तालिम पश्चात प्रमाण वितरण गरिएको छ ।
गाम्रीण क्षेत्रका किशोरी तथा महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले १ महिने तालीम दिईएको र तालिमको पुर्ण रुपमा सदुपयोग गर्न उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेलले सुझाव दिनुभयो । तालिम पश्चात सहभागी खिमा सिंहले आफुले व्यावसाय सुरु गरेको र आफ्नो व्यावसाय संचालन गर्नका लागि यस तालिमले महत्वपुर्ण सहयोग गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भेरीगंगा नगरपालीका कार्यबाहयक नगर प्रमुख रत्नाखर चपाई , बिशिष्ट अतिथि उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल, उद्योग विकास शाखा फोकल पर्सन चित्रा डाँगी, लगाएत अन्य १८ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

 


तपाईको प्रतिक्रिया