
भेरीगंगा । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ्ग डम्डुल लामा (कार्चेन) लामाले भेरीगंगा १२ छिन्चुमा रहेको जनता उद्योग प्रालीको अनुगमन गर्नु भएको छ । उद्योगले स्थानिय स्तरमै नमुना योग्य काम गरेको भन्दै मन्त्री कार्चेनले महिला उद्यमीको लागी कर्जा प्रदान गर्नका सहयो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिलाहरुले संचालन गरेका उद्योगहरुलाई प्रोतसाहान गर्न कर्णाली लागी परेको उहाँले बताउनुभयो । महिला उद्यमीहरुको सहयोग गर्नका लागी सरकारले निती नियम समेत बनाउने तयारी गरेको मनत्री कार्चेनले बताउनु भयो ।
स्थानिय स्तरमै रोगारी सृजना गरी उद्यमी बनेकोमा उद्योगकी संचालक पवित्रा खरेल लाई मन्त्री कार्चेनले सफलताको सुभकामना समेत दिनुभयो ।

यस्तै अष्ट्रेलियाली एम्वेसिका कविथा काश्यनाथनले उक्त जनता उद्योग प्रालीकोे सोमवार अनुगमन गर्नु भएको छ । आगामी दिनमा जनता उद्योग प्राली संग सहकार्य गर्ने गरी आफुहरुले योजना तयार गर्ने उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा भुकम्प प्रतिरोधी ईन्टरलक ब्लक सबै सरकारी बनाउदा यस ब्लकको प्रयोग गरी भवन निर्माण गर्न सरकारी कार्यलयहरु संग समनवय तथा सहकार्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।


दर्शन खबर । १५ चैत्र २०७८, मंगलवार