सुर्खेत ।
राष्ट्रिय युवा संघ नेपाल लेकवेशीको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ । शुक्रबार लेकवेशीमा एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय युवा संघ नेपाल लेकवेशीको दोश्रो नगर अधिवेशन सम्पन्न गरिएको हो ।
शुक्रबार सम्पन्न अधिवेशबाट कसम गाहाको अध्यक्षतमा सर्वसम्मत रुपमा ६५ सदस्यिय तदर्थ नगर कार्यसमित समेत गठन गरिएको छ भने उपाध्यक्षमा युवराज राना, भक्त बहादुर सुनार र सचिवमा इश्वर टंलामी चयन भएका छन ।
यस्तै उप–सचिवमा पुष्पराज पंगाली, शक्ति पौडेल कोषाध्यक्षमा दिलसरा सुनार चयन भएका छन भने सदस्यहरुमा बालकृष्ण सिजाली, दिनेश गुरुङ्ग, तिलक पोख्रेल, सिर्जाना खनाल, बालकृष्ण आचार्य लगायतका व्यक्तिहरु सर्वसम्मत रुपमा चयन भएका छन ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य धुर्व कुमार शाही, खड्क बहादुर खत्री, पूर्ण बहादुर शाही, खड्क बहादुर घर्ती, जिल्ला कमिटि उपाध्यक्ष कुलमणी देवकोटा, जिल्ला कमिटि सदस्य शान्तिकुमारी छन्तेल, नगेन्द्र बहादुर चलाउने, गणेशमान खनाल, कमल वि.सी., युवा संघ केन्द्रिय सदस्य रामबहादुर राना भुषाल, हेमन्त मल्ल, नेकपा एमाले लेकवेशी नगर कमिटि अध्यक्ष देब राना, उपाध्यक्ष सिताराम पौडेल, अनेरास्ववियु जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

दर्शन खबर । ११ चैत्र २०७८, शुक्रबार