वन विज्ञान क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन पेश

सुर्खेत ।

योगी नरहरीनाथ वन विज्ञान क्याम्पसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बुधवार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई बुझाईएको छ ।
सुर्खेतको पश्चिम चौकुने गाउँपालिका वडा नम्बर ५ तोस्रामा कर्णाली प्रदेशकै पहिलो वन विज्ञान क्याम्पस स्थापनाकालागि ३७ करोड लागत लाग्ने भौतिक पुर्वाधारका विभिन्न संरचना तयार गर्नकालागि उक्त डिपिआर बुझाईएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले जानकारी दिए ।
जनजागृत माबी तोस्रालाई बहु प्राबिधिक शिक्षालय बनाइ आबश्यक पुर्बाधार बनाउनुपर्ने, कैलाली घाट्गाउँ, मायाताल, रेक्चा, अछाम सडक को स्तर उन्नती गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, मायातालमा स्वास्थ चौकी र रेक्चा मा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्नुपर्ने, चौकुने ५ मा वडा प्रहरी चौकी स्थापनाकालागि पहल गरिदिन समेत माग गरिएको छ ।
कर्णाली केवडी देखि मायाताल तोस्रामा डिप बोरिङ सन्चालन, बेतखोली जलविद्युत रेक्चाको बिस्तार र लिफ्ट खानेपानी आयोजना सन्चालन, चौकुनेमा सिचाइ, ग्रामीण बिधुतिकरण, खानेपानी शिक्षा तटबन्ध लगायतकोलागि विभिन्न माग गरिएको अध्यक्ष अधिकारीले बताए ।
चौकुनेमा बृहत खानेपानी आयोजना लगायत तटबन्दन निर्माण, कृषि पशुपालन लगायतका माग राखेर मुख्यमन्त्रीको कार्यालय, भौतिक पुर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उपसभामुखको कार्यालयमा, योजना पेश गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उपसभामुख पुष्पा घर्ति विष्ट, भौतिक पुर्वाधार मन्त्री खड्कबहादुर खत्री, सामाजिक विकास मन्त्री दल रावल समक्ष प्रदेश सांसद बिन्दमान बिस्ट, नेकपा युबा नेता हरिप्रसाद अधिकारी, वडा अध्यक्ष तुलाराम हिस्की, कमला बिक लगायतको टोलीले मागपत्र बुझाएका हुन ।
मागपत्र बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, भौतिक पुर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री, सामाजिक विकास मन्त्री दल रावलले आगामी नीति कार्यक्रममा यी योजनाहरु समेट्ने प्रतिबद्धता जनाएका छन ।

तपाईको प्रतिक्रिया