महिलाहरुलाई स्वरोजगार बनाउँदै वीरेन्द्रनगर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अटो रिक्सा खरिदका लागी महिलाहरुलाई आर्थिक सहयोग गर्ने जनाएको छ ।
नगरपालिकाले चालु आर्थिक बर्षमा महिला स्वरोजगारका कार्यक्रमलाई प्रवर्दन गर्दै २१ जना महिलाहरुलाई अटो रिक्सा खरीदका लागी दुई लाख आर्थिक सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अवधकृत टिकाराम ढकालले बताए ।
सरल कर्जाका लागी नगरपालिकाले पहल गर्ने बताउँदै ढकालले अटो रीक्सा
नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालका अनुसार नगर सभाबाट नै महिला स्वरोजगारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारिएको बताईन् ।
उपप्रमुख ढकालले एक घर एक महिला रोजगार विरेन्द्रनगर नगरपालिकाको बिकास र समृद्धिको मुल आधार भने नाराका साथ वडा तहबाट विभिन्न सीपमुलक तालिम प्रदान गरिरहेको पनि बताईन् ।
विरेन्द्रनगर नगरपालिका सामाजिक बिकास समिति संयोजक यमुना नेपालीले नगरपालिकाले उधमी महिला तयार गर्नका लागी नगर स्तरमा एक करोड बजेट बिनियोजन गरेको समेत जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया