भिरबाट खसेको ढुङ्गाले लागेर दैलेखमा एक जनाको ज्यान गयाे


दैलेख ।  दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुङ्गाले लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका ६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) खगिराम सारुले जानकारी दिनुभयो ।

घर नजिकैको दाडीखोला जङ्गलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेकाे ढुङ्गाले टाउकाेमा लागेर घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएकाे असई सारुले बताउनुभयो ।

खत्री भाइ र छिमेकीसहित दाउरा काट्न जङ्गलमा जानुभएकाे थियाे ।


तपाईको प्रतिक्रिया