एमालेसँग चुनावी तालमेल नहुने प्रचण्डको भनाई

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग गठबन्धन नगर्ने बरु कांग्रेस संग भर पर्ने बताएका छन् ।
बिहीबार बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका हुन । तत्काल एमालेसँग सहमति हुने सम्भावना नरहेको दाहालले स्पष्ट पारेका हुन ।
आफूहरु पाँचदलीय गठबन्धनमा रहेको भन्दै केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थालेको बताए ।
उनले कांग्रेसका केही नेताले माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेपनि सभापति एवं प्रधानमन्त्री देउवाले भने तालमेलको पक्षमा रहेको बताए ।


तपाईको प्रतिक्रिया