
सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्वर १ मा ३ हजार ८ सय ४६ पशुको निशुल्क उपचार गरिएको छ ।
पशुसेवा केन्द्र सुर्खेतको आयोजना तथा लेकवेशी नगरपालिकाको व्यवस्थापनमा पशुवस्तुहरुको निशुल्क उपचार तथा स्वास्थ्य परिक्षण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी लेकवेशी नगरपालिकाकी उपप्रमुख शान्ती कुमारी छन्नेतलले कृषकहरुलाई सहुलिएत हुने खालका कार्यक्रम ल्याउने बताईन ।
उनले अहिले विदेशिने योजना बनाएका युवाहरुलाई स्थानिय स्तरमै बसेर कृषी तथा पशुपालन गरेका अवस्थामा नगरपालिकाले पनि सहयोग गर्ने बताईन ।
पशुहरुको स्वास्थ्य परिक्षण कार्यक्रमले कृषकहरुलाई हर्षीत बनाएको भन्दै वडा नम्वर १ का वडा अध्यक्ष मान बहादुर पुनले कृषकहरुले कस्ती स्तरको योजना छनौटको समयमानै यस्ता योजनाहरु माग गर्नु पर्ने बताए ।
कार्यक्रममा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डाक्टर कृष्णराज पाण्डे , लेकबेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण प्रसाद खरेल , पशु विज्ञ केन्द्र प्रमुख कपिल प्रसाद उपाध्याय लगायतको उपस्थितिमा रहेको थियो ।


दर्शन खबर । ७ जेष्ठ २०७६, मंगलवार