सुर्खेतमा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

सुर्खेत। सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । गयराती वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा गुडिरहेको मोटरसाइकल दूर्घटना हुदा चालक चन्द्र बहादुर सिंजालीको मृत्यु भएको हो ।

एयरपोर्टदेखि सानो सुर्खेत रहरपुरतर्फ जाँदै गरेको भे२प २९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुदा वीरेन्द्रनगर नगरपालिका–७ का १९ बर्षीय सिंजालीको हस्पिटल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहीले जानकारी दिएको छ । मोटरसाइकलको पछाडि बस्ने वीरेन्द्रनगर नगरपालिका–१२ का २१ बर्षीय बल बहादुर कामी भने घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते कामीको कर्णाली प्रदेशिक अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको छ ।


तपाईको प्रतिक्रिया