गाउँपालिका कार्यालयको मूल ढोकामा शंकास्पद वस्तु, बम भएको आशंका

बझाङ । बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका कार्यालयको मूल ढोकामा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान ९ बजेतिर कार्यालयको मूल ढोका अगाडि टाइम बम लेखिएको कागज टाँसिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । शंकास्पद बस्तु बम हुनसक्ने अनुमान गरीएको छ ।
‘शंकास्पद बस्तु फेला परेको जानकारी पाएपछि हामीले नेपाली सेनाको टोली पठाएको छौं ’ सहायक प्रमुख जिल्ला अधिकारी राम बहाद्रर शार्कीले भने, सेनाको टोली घटनास्थलमा पुगेपछि थप तथ्य हुन्छ ।’
बझाङ सदरमुकामबाट नेपाली सेनाको टोली त्यस तर्फ गइसकेको उनले बताए । गाउँपालिकाको कार्यालय छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ मा पर्दछ ।
जिल्ला प्रहरी कार्यालय बझाङले पनि शंकास्जद वस्तु फेला परेको र बम भए नभएको पुष्टि हुन नकसकेको जनाएको छ । ‘सेना पुगिसकेको छ, त्यसपछि बम भए नभएको पुष्टि हुन्छ’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य केशीले बताए । उक्त बस्तु कसले राखेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको बताए ।


तपाईको प्रतिक्रिया