
सुर्खेत । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियार सहितको फोटो सार्वजनीक भएको छ । स्थानीय तहको निर्वाचनको सम्मुखमा उनीअध्यक्ष बस्नेतले गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुने गरेको फोटो सावैजनीक भएको हो । हतियार सहितको फोटो सामाजिक सञ्जाल तथा विभिन्न संचारमाध्धयमा भएपछी विभिन्न टिका टिप्पणी हुन थालेको छ ।
अध्यक्ष बस्नेतले सधैँजसो हतियारसहित आसेपासे लिएर लिएर हिड्ने गरेको स्थानियको भनाई रहेको छ ।
यता गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस जाजरकोटका नेता हरिचन्द्र बस्नेतले बन्दुक बोक्ने आफु नभई राजनीतिक तथा व्यक्तिगत प्रतिसोध साँध्न आफ्नो नाम बेचेको बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी शाहीले अध्यक्ष बस्नेतले नेपालगन्जमा दर्ता गराएको भन्ने सुन्नमा आएको बताउनुभयो ।
‘लाइसेन्स भएका बन्दुक केही सिमित क्षेत्रमा मात्रै बोक्न पाई भएपनी सार्वजनिकरुपमा बोकेर हिँड्न नपाईने प्रजिअ राम बहादुर शाहीले बताउनुभयो ।


दर्शन खबर । २३ फाल्गुन २०७८, सोमबार