
सुर्खेत ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ । बिहिबार वीरेन्द्रनगरमा आयोजित ऐतिहासिक प्रथम प्रदेश अधिवेशनबाट प्रकाश अधिकारीको अध्यक्षतामा कर्णाली प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा ईश्वर अधिकारी र प्रमिला आरसी, महासचिव प्रेम सिम्खडा, सचिवमा
शेरबहादुर थापा र कालीबहादुर थापा चयन भएका छन भने कोषाध्यक्षमा सुशील खड्का चयन भएका छन् ।
यस्तै प्रदेश कमिटी सदस्यहरुमा गीता थापा, युवराज पंगाली, अकबर खान, प्रभा रावत, अनिल चौधरी, विनोद कँडेल, तिलक रिजाल, सुरेन्द्रजंग शाही चयन भएका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार गण्डकी र कर्णाली प्रदेशमा पहिलो अधिवेशन गरेको थियो ।


दर्शन खबर । २० फाल्गुन २०७८, शुक्रबार