
पाँचथर । मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा युवकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार स्थानीय शव मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्था फेला परेको हो ।हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका ज्वाइँ रहेको प्रहरीले जनाएको छ । ९ जनाको विभत्स हत्यापछि ज्वाइँ मानबहादुर माखिमले आत्महत्या गरेको आशंका छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।


दर्शन खबर । ७ जेष्ठ २०७६, मंगलवार