
सुर्खेत । एमाले नेता गोकुल बाँस्कोटाले एमसिसि परियोजना एउटा आर्थिक विकासको पाँच वर्षे परियोजना भएको बताउनु भएको छ ।
एमसिसि परियोजनाले लक्षित समुदायमा खासगरि विद्युत लाईन र एक सय किलोमिटर सडक निर्माण तोकिएकै समयमा सम्पन्न हुनुपर्ने बाँस्कोटाले बताउनुभयो ।
पुर्व मन्त्री समेत रहनु भएका बास्कोटाले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेलाई सक्ने भूमिका खेलिरहेका सभामुख विरुद्ध जुनसुकै समयमा महाभियोग प्रस्ताव ल्याउन सक्ने समेत बताउनु भएको छ ।
सभामुख सापकोटाले पक्षपाती काम गरिरहेको आरोप समेत लगाउनुभयो । एमालेले १५ दिन अघि माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको पत्र रोक्ने अधिकार सभामुख सापकोटालाई नभएको उहाँले बताउनुभयो ।
बाँस्कोटाले पुष्पकमल दाहाल प्रचण्ड खोलै खोला जान लागेको आफ्नो नेताको हैसियत जोगाएको समेत आरोप लगाउनुभयो । एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्डनै रहेको उहाँले टिप्प्णी गर्नुभयो ।


दर्शन खबर । १८ फाल्गुन २०७८, बुधबार