
सुर्खेत। भेरीगंगा नगरपालिकाको दशौँ नगरसभा सम्पन्न भएको छ ।
नगरको पूर्वाधार तथा भौतिक विकास, सामाजिक विकास र शासकीय व्यवस्था एवं सुशासन लगायतका विषयमा आर्थिक वर्ष २०७८ – ०७९ को वित्तीय प्रतिवेदन सार्वजनीक गर्दै भेरीगंगा नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको हो ।
नगरसभामा नगर उपप्रमुख रेणु आचार्य ढकालले नगर सभामा संसोधन तथा समायोजनको लागी वडा स्तरीय योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।
आर्थिक वर्ष २०७८-०७९ श्रावण महिनादेखी हाल सम्म नगरपालिकामा रहेको न्यायीक समितीमा ६० वडा उजुरी परेको, ४० वटा फछ्र्यौट, ५ वटा प्रक्रीयामा रहेका र १५ जना सम्पर्कमा नआएको उपप्रमुख रेणु आचार्य ढकालले सभामा जानकारी दिनुभयो ।
यस्तै नगर सभामा प्रमुख प्रशाशकिय अधिकृत मान बहादुर ठाडाले आर्थिक वर्ष २०७८- ०७९ श्रावण महिनादेखी माघ महिना सम्मको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
भेरीगंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दको सभाअध्यक्ष्तामा भएको सभामा नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधीहरु, पालिकाका कर्मचारीहरु लगाएतको उपस्थीती रहेको थियो ।



दर्शन खबर । १० फाल्गुन २०७८, मंगलवार