वडा अध्यक्ष कार्की सवार माेटरसाईकल दुर्घटना, २ जना घाईते


भेरीगंगा । वडा अध्यक्ष सवार माोटरसाईकललाई फार्स गाडीले ठक्कर दिदाँ भेरीगंगा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नवराज कार्की सहित २ जना घाईते भएका छन् ।
रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नम्वर १२ छिन्चु बजार देखी पश्चीम तर्फको सडकमा नेपालगञ्ज बाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्वरको मोटरसाईकल लाई ठक्कर दिदाँ दुर्घटना भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।
घाईते हुनेमा भेरीगंगा नगरपालिका १ का वडा अध्यक्ष नवराज कार्की र वाईसिएल भेरीगंगा का अध्यक्ष भुपेन्द्र शाही रहनु भएको छ । आज दिउसो करिव २ बजेर ४७ मिनेटको समयमा घटना भएको प्रहरीले जनाएको छ । गाडी चालक निमराज रसाईली फरार रहेको र खोजी कार्य जारी रहेकोे छ ।
घाईते मध्य वडा अध्यक्ष कार्कीको अवस्था गम्भीर रहेको छ अहिले घाईते दुवै जनाको प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ ।


तपाईको प्रतिक्रिया