
कैलाली । कैलालीमा ब्राउनसुगरको ओभर डोजका कारण एकको मृत्यु भएको छ।
बिहीबार जिल्लाको घोडाघोडी नगरपालिका–१ सितानगरका १९ वर्षीय पारस चौधरी आफ्नै घरमा मृत फेला परेका हुन ।
आफ्नै कोठामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । उनले ब्राउन सुगर समेत लिने गरेको खुल्नमा आएको शाहीले बताए ।
उनको कोठामा प्रयोग गरिएको ब्राउन सुगरको प्लास्टिकको टुक्रा समेत भेटिएको बताइएको छ । ब्राउन सुगर ओभर डोज भएरै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।
मृत्तकको शवलाइ पोस्टमार्टमा लागि टीकापुर पठाएको र रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।


दर्शन खबर । ८ फाल्गुन २०७८, आईतवार