
सुर्खेत । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गर्ने निणर्य गरे संगै कर्णाली प्रदेशको सबै भन्दा ठुलो सुर्खेतमा रहेको वीरेन्द्रनगर नगरपालीकामा मेयर पदको उमेद्वारको नाम सार्वजनिक गर्ने होड चलेको छ ।
को बन्छ वीरेन्द्रनगरको मेयर भन्ने शिर्षक राखेर सामाजिक संजाल भरि सर्वेक्षण गर्ने होड संगै वीरेन्द्रनगर वजारका चिया पसलहरुमा कुन पार्टि बाट को उमेद्वार हुने सम्भावना संगैका चिया बहसले वीरेन्द्रनगरमा चुनाव माहोल तातिएको छ ।
पुर्व नेकपा वलियो मानिएको वीरेन्द्रनगरमा नेपाली काँग्रेस दोस्रो ठुलो पार्टि हो । कम्युनिष्ठ पार्टिमा फुट आए संगै वीरेन्द्रनगरको दोस्रो ठुलो पार्टि नेपाली काँग्रेस अहिले पहिलो पार्टि हुने स्थानियको आँकडा छ ।
काँग्रेसको जित निश्चित छ ,तर उमेद्वार जनप्रिय हुनु पर्नेमा काँग्रेस जनहरुको एक आवाज देखिन्छ ।
यो संगै कर्णाली प्रदेशको प्रशासनिक केन्द्र वीरेन्द्रनगर नगरपालीकाको मेयर पदकालागि सम्भावित नेताहरुको नाम चर्चामा आउन थालेको हाे ।
चर्चामा आउने नामहरुमा नेपाली काँग्रेस सुर्खेतका नगर सभापती उपेन्द्र बहादुर खड्का सबै भन्दा धेरै चर्चामा देखिएका छन् ।
हाल वीरेन्द्रनगर नगरपालीका वडा नं. ६ का वडा सदस्य संगै वीरेन्द्रनगर नगरपालीकाको लेखा समिती सदस्यमा सर्वसम्मत चुनिएका खड्का वीरेन्द्रनगरमा सबै भन्दा लोकप्रिय देखिएका छन् ।
नेपाली काँग्रेस वीरेन्द्रनगरको नगर सचिव हुनेबेला देखिनै सामान्यतया जनताका सामान्य देखि ठुला समस्या समाधान गर्न अग्रपंतिमा खटिने खड्का, वीरेन्द्रनगर वासिका प्रिय युवा नेता मानिन्छन् । खड्काले नेपाली काँग्रेस वीरेन्द्रनगरको नगर सभापतीमा काँग्रेस सुर्खेतका अर्का चर्चित नेता नारायण कोईराला लाई सहजै प्राजित गरि नगर सभापतीमा जित हाँसील गरेका हुन् ।
यस अगाडि काँग्रेस सुर्खेतले मेयर पदमा तत्कालिन सस्थापन पक्षधर र नगर सभापती देवकुमार सुवेदी लाई मेयर पदका उमेद्वार वनाएको थियो भने इतर पक्षका जानकि शिंहलाइ उप मेयर पदको उमेद्वार बनाएको थियो । यसैगरि बैशाख ३० मा हुन लागेको स्थानिय चुनावमा पनि उपेन्द्र बहादुर खड्का हालको स्थापन पक्षधर र नगर सभापती समेत भएकाले उनलेनै मेयको टिकट पाउने र पाउनु पर्नेमा काँग्रेस नेता कार्यकर्ता ढुक्क देखिन्छन् ।
यस विषयमा दर्शन खबर संगै कुरा गर्देै खड्का ले हाल आफुले उमेदवार बन्ने विषयमा केहि सोच नवनाएको , तर पार्टि र नगरवासिले चाहाना गरेमा पछि नहट्ने जनाएका छन् ।
पार्टिले जिम्मेवारी दिएमा हाल कणर्ाली प्रदेशको राजधानि रहेको वीरेन्द्रनगरको पुर्वाधार विकाश निर्माण ,युवा सोरोजगार , खानेपानी , शिक्षा , स्वास्थ्य , विद्युत , बजार व्यवस्थापन लगाएतका काममा नागरिक संगसंगै मिलेर नगरवासीको मन जित्ने गरि वीरेन्द्रनगर विकासमा एक ढिक्का भएर अगाडि बढ्ने आफुसंग योजना भएको खड्काले बताए ।
वीरेन्द्रनगरमा मेयर पदका उमेद्वारमा काँग्रेस वाट वीरेन्द्रनगरका वर्तमान मेयर रहेका देवकुमार सुवेदी , टेक बहादुर भण्डारी , गोविन्द कोइराला , कालि शाक्य लगायतका नेताहरुको नाम सतहमा आएको छ ।


दर्शन खबर । २८ माघ २०७८, शुक्रबार