
सुर्खेत । विरेन्द्रनगर स्थित नेपाल राष्ट्रिय माध्यमिक विधालयमा सोमबार बिहान ११ बजेबाट नेपाल स्काउट कणर्ाली प्रदेशको आयोजनामा करिब २३ जना शिक्षक शिक्षिका र विधार्थीहरुलाई इन्टरनेट बाट कसरी सुरक्षित हुने भनी एक दिने तालिम सम्पन्न भएको बताईएको छ।
नेपाल स्काउट कणर्ाली प्रदेशका संयोजक कमल बोहराको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रम मा सुर्खेत जिल्लाका विरेन्द्रनगर नगरपालिका,बराहताल ,लेकबेशी,चिङगाढ, गुर्भाकोटका स्काउट कार्यक्रम संचालन भएका बिधालयका शिक्षक शिक्षिका र विधार्थीहरुलाई उक्त तालिम दिईएको हो । पहिलो सेसनमा रोबर रेन्जर कुस्मा गुरुङले सोसल मिडिया चलाउदा सुरक्षित भएर चलाउन सकिएन भने कत्तिको समस्या आउन सक्छ,कोभिड १९ ले ईन्टरनेट चलाउदा प्रत्यक्ष कसलाइ बढी असर पार्यो कस्ता बिषयहरु पोस्ट गर्ने कस्ता कुरा पोस्ट नगर्ने जस्ता कुराको बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै दोस्रो सेसनमा रोवर रेन्जर अर्जुन शाहीले ईन्टर नेट के का लागि,सञ्चार कसरी प्रवाह हुन्छ,सोसल मिडियामा पासपोर्ट राख्दा कस्ता कुरामा ध्यान दिने र सहि र गलत सुचना र समाचार कसरी थाहा पाउने कसरी घरपरिवारलाई इन्टरनेटको बारेमा शिक्षित बनाउने भन्ने बारेमा छलफल गरिएको कणर्ाली प्रदेश स्काउट कार्यलयका गणेश पान्डेले बताएका छन्।
विशेष गरि एक व्यक्ति बाट धेरै जनाको माझमा एकै समयमा सुचना छिटो र छरितो अनि सत्यतथ्य प्रवाह हुने भएकाले यस सम्बन्धि ज्ञान विशेष गरि शिक्षक शिक्षिकालाई नै दिएको समेत बताएकन छन्। उक्त कार्यक्रम को समापन गर्दै संयोजक बोहराले प्रत्येक विधालयमा कृरु खोलेर कार्यक्रम हरु सञ्चालन गर्न शिक्षक शिक्षिका लाई अनुरोध गर्दै स्काउट कार्यक्रम लाई अझ प्रभावकारी बनाउनका लागि आफू जस्तो सुकै अवस्थामा पनि नचुक्ने वाचा समेत गरेका छन् ।



दर्शन खबर । २५ माघ २०७८, मंगलवार