दिगो कृषि प्रणाली र यसका आधारहरु

 


लोचन सापकोटा  सुर्खेत ।दिगो कृषि भन्नाले पछि सम्म अथवा दिर्घकालसम्म फाइदाजनक रुपमा चल्नसक्ने खेती प्रणाली हो ।प्राकृतिक पद्वति तथा स्थानीय स्रोत साधनको उचित प्रयोग गरी कृषिलाई दिर्घकालसम्म फाइदाजनक ढंगले चलाउन सक्ने कृषि प्रणालीलाई नै दिगो कृषि प्रणाली भनिन्छ । दिगो कृषि लाई अंग्रेजीमा Sustainable Agriculture भनिन्छ, जसमा Sustain भन्ने शब्द ल्याटिन भाषाको Sustinere भन्ने शब्दवाट लिइएको हो ।जहाँ दुई अंग्रेजी शब्द’Sus’ र’Tenere’ मिलेर बनेको छ । अर्थात ‘Sus’भनेको”From below”र ‘Tenere’ भनेको”To hold”हो । यसको शाब्दिक अर्थ लामो समयसम्म गुणस्तरमा कमी आउन नदिई जोगाई राख्ने भनेको हो ।कृषि प्रणालीमा दिगो शब्दको अर्थ त्यस्तो किसिमको खेती प्रणाली जुन प्रणालीले माटोको उर्वराशक्तीलाई र यसको प्रयोगलाईलामो समयसम्म जोगाई राख्छ र माटोको उत्पादनमा कुनै किसीमको कमी आउन दिदैन भन्नु हो ।
आजकाल दिगो कृषिको अवस्थालाई हेर्दा रासायनीक मलको प्रयोगको पक्षबाट मात्र दाँज्ने गरेको पाइन्छ, तर वास्तविकता त्यो होइन । दिगो कृषिलाई विश्लेषण गर्दा व्यक्तिगत, सामाजिक, आर्थिक, खाद्य सुरक्षा, वातावरण आदी पक्षमा पर्ने असरको आधारमा गर्नु पर्दछ । दिगो कृषि भनेको लामो समयसम्म मानिस र जमिनको स्वास्थ्यको लागि गरिने कृषि हो ।
दिगो कृषिका आधारहरुः
१) माटो व्यवस्थापन – Soil management_
सवै प्राणी र वनस्पतिहरुलाई उम्रन, वढ्न र जीवन बिताउनलाई माटोको आवश्यकता पर्दछ । विरुवालाई आवश्यक पर्ने खाद्यतत्वमध्ये प्रायजसो धेरै सबै माटोवाट प्राप्त हुने गर्दछ ।माटोमा प्रर्याप्त मात्रामा प्राङगारिक पदार्थहरुको उपस्थिति, माटोको भौतिक र रासायनिक गुण, अम्लीयपन/क्षारीयपन को अवस्थाले नै माटोको उर्वराशक्तीलाई जनाउँदछ । नाइट्रोजनको मात्रा वढि प्रयोग भएमा माटोको अम्लीयपना बढी हुन जान्छ, जसले गर्दा माटोमा कडापन बढ्छस त्यसको लागी कृषि चुन छर्नु पर्दछ, त्यस्तै क्षारियपन वढी भएमा जिप्सम छर्नु पर्दछ ।
२) फैलिने वालीहरु लगाएर  -Planting cover crop_

Cover crop हरु प्रायजसो होचो र तल वढ्ने वहुबर्षिय वनस्पतीका प्रजातीहरु हुन् । यसलाई लगाउनुको उद्देश्य झारपातको वृद्विबाट माटोलाई बचाउनु र माटोको उर्वराशक्ती कायम राख्नु हो ।ऋयखभच अचयउ हरुको पहिलो काम भनेको माटोलाई आवरण दिनु र माटोलाई स्थायीरुपले ढाकिएको/छोपिएको अवस्थामा कायम राख्नु हो ।

Cover crop हरुले दिने फाइदाहरु,
ड्ड माटोको भौतिक गुणहरुको सुधार गर्छ ।
ड्ड पानिको बहाव -Water runoff_ लाई न्युन पार्छ जसले गर्दा पानीको बहाव बाट हुने भुक्षयको प्रकोपलाई कम पार्दछ ।
ड्ड वोटविरुवामा रोग र कीराको प्रकोप कम गर्दछ र यसका साथै खेतवारीमा भmारपात व्यवस्थापनमा पनि मद्दत पुर्‍याउँछ ।
ड्ड माटोमा खाद्यतत्वको मात्रा थप गर्नमा पनि सहयोग गर्दछ आदि ।

३)हरियो मल -Green manure_

बोटविरुवाको कलिलो डाँठ, पात आदिलाई माटोमा मिलाई कुहाएर मलको रुपमा प्रयोग गरिन्छ भने त्यसलाई हरियो मल भनिन्छ । हरियो अवस्थामा विरुवालाईमाटोमा पल्टाई, माटोमा मिलाइमाटोको अवस्था सुधार्ने कार्य तथा बिधि नै हरियो मल हो । फैलने वाली र हरियो मलको बालीहरु निकट समानार्थक शब्दहरु हुन तर पनी हरियो मलको वालीहरुलाई प्रायजसो सम्पुणर् वानस्पतीक भागहरु माटोमा प्रयोग गर्ने उद्देश्यले लगाइन्छ भने फैलने वाली लगाउनुको मुख्य उद्देश्य चाही माटोलाई तुरुन्तै आवरण दिनु र जसलाई स्थायीरुपले ढाकिएको अवस्थामा कायम राख्नु हो । हामिले हरियो मलको रुपमा ढैँचा, सनहेम्प, तितेपाती, असुरो, सनइ, एजोला आदि प्रयोग गर्न सक्छौ । एक अनुसन्धानका अनुसार हरियो मलको रुपमा ढैँचालाई धानखेतीमा प्रयोग गर्दा २५ प्रतिशत सम्म धानको उत्पादनमावृद्वि भएको पाइएको छ ।
हरियो मल प्रयोग गर्दा हुने फाइदाहरु,
ड्ड माटोमा प्राङगारिक पदार्थ थप्न मद्दत गर्दछ ।
ड्ड बिरुवाहरुलाई आवश्यक खाद्यतत्वको पुर्तिमा सहयोग गर्दछ ।
ड्ड सुक्ष्मजीवको कृयाकलापमा वृद्वि ।
ड्ड माटोमापानी धारण गर्ने क्षमता बढाउँछ ।
ड्ड माटोको उर्वराशक्ति बढाउँछ ।
ड्ड माटोको पि.एच. लाई सन्तुलन गर्दछ ।

४) कृषिवन -Agroforestry_
यो एउटा भुमि प्रयोग तरिका हो जसमा कृषकले आफ्नो खेतवारीमा अन्न वाली, तरकारीका साथ साथै दाउरा, घाँस, काठ, फलफुल, जडीवुटी र पशुपालन आदि एकै ठाउँमा मिसाएर उत्पादन गरिन्छ । कृषिवन प्रणालीले जैविक विविधता, उत्पादकत्व, नाफा र वातावरणीय व्यवस्थापन बढाउनमा सहयोग गर्दछ । कृषि वन प्रणालीमा पशुपालन गर्न आवश्यक घाँस सोतर जस्ता दैनिक उपभोगका वस्तु आफ्नै जग्गाबाट पुग्ने भएकोले वन संरक्षण हुन्छ, समयको बचत हुन्छ, बिरुवाको जराले माटोलाई बग्न नदिइ भूक्षय हुनुबाट जोगाउँछ ।

५) एकीकृत शत्रु जीव व्यवस्थापन, आई.पि.एम्.-Integrated Pest Management_

साधारण भाषामा आई.पि.एम्. भन्नाले विषादि प्रयोग नगरिकन वा गर्न परेमा पनि कमभन्दा कम वा सुरक्षित विषादि प्रयोग गरि वातावरण संरक्षण र मित्रजीव संरक्षण गरि, बालिलाई हानि पुर्‍याउने शत्रुजीवको व्यवस्थापनमा धेरै विधीहरु एकैसाथ अपनाउदै बालिमा लाग्ने रोग तथा कीराहरुको नियन्त्रण गर्नुलाई एकीकृत शत्रु जीव व्यवस्थापन (आई.पि.एम) भनिन्छ ।आई.पि.एम्.का चार सिद्वान्तहरुस स्वस्थ बाली उत्पादन गर्नु, बालिनालिको नियमित निरीक्षण र अनुगमन गर्नृ, मित्रजीवको संरक्षण गर्नु र कृषकलाई दक्ष बनाउनु हो ।

६) कम खनजोत गरेर-Reducing tillage practices_
खेतवारीमा धेरै खनजोतको कारण माटोको भौतिक र रासायनिक गुणस्तरमा कमी, माटोमा प्राङगारिक पदार्थको कमी, माटोमा शुक्ष्मजीवाणुको कमी र फलस्वरुप वाली उत्पादनमा ह्रास ल्याउँदछ ।कम खनजोतको मतलब माटोको कम तिव्रता, कम गहिराई र कम क्षेत्र गडबड गर्नु हो । खेतवारीको कम खनजोतले माटोको संरचना, माटोमा शुक्ष्मजीवाणुको गतिविधि, माटोको पानी धारण गर्ने क्षमता, माटोको चिस्यान, माटोमा प्राङगारिक पदार्थको मात्रा आदि वृद्वि गर्नमा मद्दत गर्दछ ।

७)वाली चक्र -Crop rotation_
वाली चक्र भनेको माटोको स्वास्थ सुधार गर्न, माटोमा पोषक तत्वहरु वढाउन र रोग, कीरा तथा झारपातको नियन्त्रण गर्नको लागी एउटै जमिनमा क्रमशः विभिन्न वालीहरु रोप्ने अभ्यास हो । एउटा साधारण वाली चक्रमा दुई वा तीन वाली समावेश गर्न सकिन्छ ।दिगो कृषि प्रणालीमा वाली चक्र एक महत्वपूणर् पक्ष हो । वाली चक्र अपनाउनाले वातावरणलाई सुरक्षित र सन्तुलित राख्न सकिन्छ । वैज्ञानिक तवरले वाली चक्रमा उच्च मूल्य प्रदायक वाली, घुसुवा, सहयोगी र भू(संरक्षणीय बालीहरु लगाउनु राम्रो मानिन्छ ।
वाली लगाउने तरिकाहरु ः
ड्ड खाद्यान्न वाली लगाइसकेपछि कोसेवालीे बाली लगाउने,
ड्ड एउटा जातको बाली बर्षमा एकपटक मात्र लगाउने,
ड्ड दुईवटा वाली छान्दा, एक पछि अर्को लगाउने वालीमा सकेसम्म एउटै रोग, किरा लाग्ने र झारपात आउने वाली नछान्ने ।

८) एकीकृत खाद्यतत्व व्यवस्थापन -Integrated Nutrient Management_
विरुवालाई आवश्यक पर्ने खाद्यतत्व आवश्यकता अनुरुप न्यायोचित रुपमा उपलब्ध गराउन, रासायनिक मल सहित प्राङगारिक मलहरुको सबै सम्भाव्य स्रोतहरुलाई अधिकतम उपभोगमा ल्याई, बाली व्यवस्थापन र खाद्यतत्व व्यवस्थापनलाई टेवा दिँदै वातावरणमा पर्ने असरलाई न्युन हुने गरी माटोको दिगो उर्वराशक्ति व्यवस्थापन गर्दे जाने प्रक्रियालाई एकीकृत खाद्यतत्व व्यवस्थापन भनिन्छ । आई. एन. एम. को लक्ष्य भनेको रासायनिक मलको अत्याधिक प्रयोगलाई कम गर्ने, माटोको उर्वराशक्ति कायम राख्ने, वालीहरुको उत्पादनमा वृद्वि गर्ने, नाफा बढाउने, वातावरणीय प्रदुषण घटाउने र बालीमा मलको आदान प्रदान र बालीको पोषक तत्वको आवश्यकताबीच सन्तुलन कायम गर्ने हो । यसले स्थानीय तथा बाह्य स्रोतहरुको प्रभावकारी उपयोगबाट उत्पादन बढाउनुका साथै, माटोको दिगोपनामा जोड दिने, वातावरणको सुधार गर्ने र खाद्यतत्वहरुको सदुपयोग तथा तिनको प्रभावकारिता बढाउन पनि मद्दत गर्दछ ।

दिगो कृषिका सिद्वान्तहरु ः
१. माटोको संरक्षण र विकास
कृषि कर्मको लागि एक महत्वपुणर् आधार माटो हो । राम्रो र स्वस्थकृषि उत्पादनको लागी माटो एकदमै आवश्यक छ ।प्राङगारिक मल, हरियो मल र कम्पोष्ट जस्ता प्राकृतिक उर्वरकको प्रयोगले माटोको गुणस्तरमा वृद्वि गर्न सक्छौ । माटो, वोटविरुवा, हावा, पानी र मानिसको लागी रासायनिक मल भन्दा प्राकृतिक मल धेरै नै उपयुक्त छ ।
२. पानी र जलस्रोतको संरक्षण
जसरी मानव जीवन जिउनको लागी पानी धेरै नै महत्वपुणर् मानिन्छ त्यसै गरि कृषि कर्म गर्नको लागी पनि पानी धेरै नै महत्वपुणर् छ । सुख्खा क्षेत्रमा पानी र जलस्रोत संरक्षण गर्ने उत्तम तरीका भनेको त्यस क्षेत्रको परिस्थिति अनुसारउपयुक्त वा बर्षाको समयमा मात्र पानी चाहिने वोटविरुवा उब्जाउनु हो । हरियो मल र मल्चिङको प्रयोगले माटोमा चिस्यान कायम राख्ने कार्य गर्दछ । पानीको संरक्षण गर्न हामीले परम्परागत सिँचाइ विधिको सट्टा थोपा सिँचाइ तरीका, स्पिंकल तरिका तथा सिँचाइको समय योजना बनाउनु पर्दछ ।
३. प्राकृतिक रुपमा रोग र किराको नियन्त्रण
खेतवारीमा लाग्ने रोग र किराको नियन्त्रण गर्नको लागी हामीले रासायनिक विधि भन्दा प्राकृतिक अथवा एकीकृत शत्रु जीव व्यवस्थापनका तरिकाहरु लागु गर्नुपर्दछ । यस सन्दर्भमा राम्रो वालीको जातको छनोट, विरुवाहरु बिचको उचित दुरी, खेतबारीको सरसफाई, मिश्रित खेति, जालिबाट किरा छोपेर, कीरालाईबत्तीको फन्दामा पारेर, कीरालाई हातले टिपेर,वाली चक्र,प्राकृतिक शत्रुजीवको प्रयोग गरेर जस्ता प्रविधि अपनाउन सकिन्छ ।
४. विभिन्न वालीहरुको क्रमश खेती
यस प्रकारको खेतीलाई वाली चक्र पनि भनिन्छ । वालीहरुको विशेषताको आधारमा खेतवारीमा क्रमशः विभिन्न वालीहरु खेतीगर्ने अभ्यास हो । जसले गर्दा माटोमा पोषक तत्वहरु थप हुने, कृषिमा विविधता सुनिश्चित हुने र वर्षभरी स्वच्छ खाना उपलब्ध हुन्छ ।
५. पहिले साना परिवर्तनहरु बाट सुरु गर्नहोस्
धेरै जसो बिउहरु धेरै वर्ष लगाएर विभिन्न नयाँ तरीकाहरु प्रयोग गरी सुधारिएको हुन्छ । तर सबै नयाँ बिउहरु, प्रविधिहरु सफल भएका हुदैनन् । शुरुमा नयाँ बिउहरु, प्रविधिहरुसानो खेत वा बगैंचामा प्रयोग गर्ने यदि त्यो सफल भयो भने हामीले धेरै जमीनमा प्रयोग गर्ने र सफल भएन भनेपनि हामीले नयाँ बिउहरु, प्रविधिहरु प्रयोग नगरेकोबाँकी जमीनबाट खाना उपलब्ध हुन्छ ।

दिगो कृषिकोमहत्व ः
अहिले विश्वको जनसंख्या तिव्र गतीले बढिरहेको छ । एशियाली देशहरुमा अर्बको जनसंख्या छन् भने युरोप र अमेरीकामा अब जनसंख्या चाडै अर्ब भेट्टाउने अनुमान गरिएको छ । लगातार जनसंख्या वृद्विको कारणभविष्यमा निश्चित रुपमा खाद्य संकट निम्तन सक्छ । वर्तमान र भविष्यका केही बर्षहरुमा सबैको आधारभुत आवश्यकताहरुमा पहुँच सुनिश्चित गर्नु औद्योगिक कृषि-Industrial agriculture_को मुख्य उद्देश्य हो । औद्योगिक कृषिले एकातीर वढ्दो माग पुरा गर्न रासायनीक पर्दाथको बढी प्रयोग गर्दछ भने अर्को तर्फ रासायनिक अवशेषले पानी र माटोका स्रोतहरु प्रदुषित गरिरहेको छ । यस अवस्थामा दिगो खेती प्रणालीले माटो र वातावरण दुवैको सुरक्षा र संरक्षण गर्दछ ।दिगो कृषि प्रणालीका केही फाइदाहरु निम्नअनुसार छन्,
 दिगो कृषि प्रणालीवाट सानो क्षेत्रमा पनि एक भन्दा बढी उत्पादन लिन सकिन्छ र कृषि उत्पादनको गुणस्तरमा पनि वृद्वि गर्न सकिन्छ ।
 दिगो कृषि प्रणालीवाट माटोको उर्वराशक्तीमा वृद्वि ल्याई दिर्घकालीन उत्पादन र उत्पादकत्वमा वृद्वि गर्न सकिन्छ ।
 दिगो कृषि प्रणालीले वातावरण र वातावरणिय स्रोत लाई संरक्षण गरि राख्दछ ।
 दिगो कृषि प्रणालीले जैविक विविधता कायम राख्दछ ।
 दिगो कृषि प्रणालीले प्राकृतिक सा्रेतको संरक्षण गर्दछ आदी ।

लोचन सापकोटा (B.Sc.Ag अध्यनरत विद्यार्थी, पंजाब टेक्निकल युर्निभरसिटी)


तपाईको प्रतिक्रिया