
बाँके । बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट हुने हवाई उडान ठप्प भएका छन ।
आईतबार बिहानदेखि हुस्सु र शितलहर चालेसंगै आकास नखुलेपछि उडान ठप्प भएको नेपालगन्ज नागरिक उड्यन प्राधिकरणले जनाएको छ । आज विहानै देखी पश्चिम तराईका जिल्लमा शितलहर चलेको छ । शनिबार भने घाम लागेको थियो ।
नेपालगन्जबाट बुद्व र यतिको दैनिक दुई÷दुई र सौर्य एयरलायन्सको एक उडान हुने गरेको छ । तर नेपालगन्जबाट पहाडि जिल्लाका लागि निजी एयरलायन्सले करिव १५ देखि २० उडान गर्दै आएका छन् ।
जाडो मौसम सुरु भएसंगै दैनिक जासो हवाई उडानहरु ठप्प हुने गरेका छन । जाडोले मानिसहरुको जनजिवनमा पनि प्रभाव परेको छ ।


दर्शन खबर । १६ माघ २०७८, आईतवार