प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जली

काठमान्डाैँ । सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद दिवासका अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन ।

उनले सामाजिक सञ्जाल मर्फात मुलुकको विभिन्न कालखण्डका राजनितिक र सामाजिक अन्दोलनमा आफ्नो अमुल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात महान सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

राजनितिक र सामाजिक अन्दोलनमा आफ्नो अमुल्य जीवन बलिदान दिने सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण सहिदप्रति प्रधानमन्त्री देउवाले श्रद्धाञ्जली व्यक्त गरेका छन ।

आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ ।


तपाईको प्रतिक्रिया