
सुर्खेत । नेपाली कांग्रेस क्षेत्र न १, नेपाल महिला संघ क्षेत्रीय कार्यसमितिले
नेपाली कंग्रेसको विभिन्न नेतृत्वमा पुग्न सफल महिला नेतृहरुलाई नेपाल महिला संघ क्षेत्रीय कार्यसमितिले बधाई तथा सम्मान गरेको छ ।
शनीवार नेपाली कंग्रेस क्षेत्र नम्वर १ नेपाल महिला संघको आयोजनामा भेरीगंगा नगरपालिकाको राता चौरमा कार्यकोक्रमको आयोजना गरिएको हो ।
कर्णाली प्रदेश सभा सदस्य अमृता साहिको अध्यक्षता भएको कार्यक्रममा नेपनली कंग्रेस पार्टिको विभिन्न नेतृत्वमा पुग्न सफल महिला नेता, केन्द्रिय सदस्य कान्तीका सेजुवाल, जानकी सिंह, सीता राना (थापा), रास्ट्रिय सभा सदस्यमा निर्वाचीत दुर्गा गुरुङ लगायत सबै तह सम्म प्रतिनिधित्व गर्ने महिला नेता वडा, नगर, क्षेत्र ,प्रदेश ,जिल्ला र कर्णाली प्रदेशका कार्यसमिति ,महाधिवेशन ,महासमिति सदस्य महिला नेताहरुलाइ हार्दिक बधाई तथा सम्मान कार्यक्रम गरिएको नेपाली कंग्रेस प्रदेश कमिटी सदस्य रेणु आचार्यले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य अमृता शाहीको अध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख अतिथी नेपाली कंग्रेस केन्द्रीय सदस्य जानकी सिंह, विषेश अतिथी कान्तीका सेजुवाल, सिता राना र दुर्गा गुरुङ्ग अतिथीहरु रेणु आचार्य, मैना बिक, खगीसरा आचार्य रहनु भएको थियो ।


दर्शन खबर । १६ माघ २०७८, आईतवार