
पछिल्लो समय प्रदेश अस्पतालले निजी अस्पतालभन्दा सस्तो, भरपर्दो र विश्वसनीय रुपमा सेवा दिइरहेका बेला आँखा रोगसम्बन्धी सेवा दिन थालेको हो। विहान ९ बजेदेखि साँझ ४ बजेसम्म प्रदेश अस्पतालले छुट्टै ओपिडी सेवा सुरु गरेर आँखा रोगसम्बन्धी उपचार गर्ने भएको हो ।सरकारी स्वामित्वमा रहेको प्रदेश स्तरीय अस्पतालबाट आँखा सम्बन्धी विशेषज्ञ सेवा दिने पहिलो अस्पताल भएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले बताए । अस्पतालमा दुई विशेषज्ञ डाक्टर रहने छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशबाट यो आर्थिक वर्ष आँखा सम्बन्धी रोगको उपचारमा प्रयोग हुने उपकरण खरिद लगायत पूर्वाधार व्यवस्थापका लागि २० लाख रुपैयाँ बजेट विनियोजन भएपछि आँखाका विरामीहरुलाई सेवा सुरु गर्न थालिएको हो ।
सामुदायिक आँखा अस्पतालहरु भएपनि सरकारी अस्पतालमा आँखाको विशेषज्ञ सेवा प्रदेश अस्पताल सुर्खेतले पहिलो पटक गरेको हो । स्वास्थ्य मन्त्रालयबाट एक वर्षदेखि डाक्टर प्रदेश अस्पतालमा पठाएको थियो । ठूला अप्रेशन प्रदेश सरकारको आगामी वर्ष बजेट विनियोजन भएपछि गर्ने तयारी भएको निर्देशक डाक्टर डम्वर खड्काले बताए ।


दर्शन खबर । १५ माघ २०७८, शनिबार