जुम्लाको जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत


जुम्ला  जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या एक लाख १९ हजार ३७७ रहेको छ।

२०६८ को जनगणनाअनुसार जुम्लाको जनसंख्या एक लाख ८ हजार ९२१ थियो। १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ।

यहाँ एक नगरपालिका र ७ गाउँपालिका छन्। ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकाको रहेको छ भने सबैभन्दा कम जनसंख्या गुठीचौर गाउँपालिकाको रहेको राष्ट्रिय जनगणना २०७८ मा उल्लेख गरिएको छ।

चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९७३ रहेको छ। पुरुष १० हजार ४७५ जना र महिला १० हजार ४९८ जना रहेको छ। नगरपालिकाभित्र ४ हजार १६६ घरधुरी संख्या र ५ हजार ३६७ परिवार संख्या रहेको छ। गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८९१ रहेको छ। पुरुष ५ हजार ३४४ र महिला ५ हजार ५४७ जना रहेको छ।

गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ वटा र परिवार संख्या २ हजार ४५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ।

यस्तै, हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८०४ जना रहेको छ। जसमा पुरुष ६ हजार ३८८ जना र महिला ६ हजार ४१६ जना रहेको छ। हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ। कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ जना रहेको छ। पुरुष ६ हजार ८०७ जना र महिला ६ हजार ८८० जना रहेको छ।

पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ जना रहेको छ। जसमा पुरुष ८ हजार ३४९ जना र महिला ८ हजार ५३२ जना रहेको छ। पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्यि जनगना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ।

सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ जना रहेको छ। जसमा पुरुष ६ हजार ५६१ जना र महिला ६ हजार १८३ जना रहेको छ। सिंजामा घरधुरी संख्या २ हजार २७१ जना र परिवार संख्या २ हजार ४२७ रहेको छ।

तातोपानी गाउँपालिका जनसंख्या १५ हजार ७२१ जना रहेको छ। पुरुष ७ हजार ७२८ जना र महिला ७ हजार ९९३ जना रहेको जनाएको छ। तातोपानीमा घरधुरी संख्या ३ हजार १९० वटा र परिवार संख्या ३ हजार ३२१ रहेको छ।

तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ जना रहेको छ। जसमा पुरुष ७ हजार २६१ जना र महिला ७ हजार ४३१ जना रहेको छ। घरधुरी संख्या २ हजार ५८२ वटा र परिवार संख्या २ हजार ६६६ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख गरिएको छ।


तपाईको प्रतिक्रिया