राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सम्पन्न, १८९ मत खस्यो

सुर्खेत । राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । कुल १९१ मतदातामध्ये १८९ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जना सहभागी भएको उनले जनाए । उनका अनुसार आजै ४ बजेबाट मतगणना सुरू गरेर साँझ ७ बजेसम्म नतिजा सार्वजनिक हुनेछ ।कर्णाली प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यमा तीन सीटका लागि निर्वाचन भएको हो । तीन सदस्यका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।गठबन्धनका तर्फबाट दुर्गाकुमारी गुरुङ, नरबहादुर विस्ट र उदय बोहोरा उम्मेदवार बनेका छन् भने एमालेबाट गंगा थापा महत, पदमबहादुर माझी र चुडामणि शर्मा उम्मेदवार छन् ।


तपाईको प्रतिक्रिया