काठमाडौंका ‘स्मार्ट धोबी’ लुगा धोएरै लाखौं कमाउँदै

काठमाडौं । मार्केटिङ गरेर जेनतेन राम्रै पैसा कमाइरहेका वेला एकाएक सुजनले सोचे ‘कमाएर मात्रै भएन अब पैसा जमाउनु पनि पर्छ’ । आफ्नै उमेरका युवाहरुको लहडबाट अछुतो रहन सकेनन् सुजन । उनलाई पनि विदेशको डलरले तान्यो । बाहिर जाने चाँजोपाँजो मिलाउन उनी दिल्ली पुगे ।

त्यहीवेला उनलाई थाहा भयो महिनाको डेढ लाख दिन्छ भनेर जान लागेको कम्पनीले ५० हजार मात्रै दिने रहेछ । ५० हजारकै लागि लाखौं खर्च गरेर अर्काको देश जानु उचित लागेन सुजनलाई । किनकी उनलाई यकिन थियो यहीँ बसेर त्यति पैसा लगानी गर्ने हो भने त्यो भन्दा बढी कमाउन सकिन्छ । तर, ‘लगानी गर्ने के मा रु’ दिमागमा यही प्रश्नको सिँगौरी चलिरहँदा उनले दिल्लीमा ‘लन्ड्री सर्भिस’ ले खुब राम्रो व्यापार गरिरहेको अनुभव गरे ।
‘व्यस्त जीवन भएकाले प्राय सबैले लन्ड्रीमा नै आफ्नो लुगा धुन दिने रहेछन् त्यहाँ,’ यस क्षेत्रमा लाग्ने सोच कसरी पलायो भन्ने प्रसङ्गमा उनी भन्छन्, ‘यसो सोचें काठमाडौंका मान्छेहरु पनि उत्तिकै व्यस्त छन् आजकल, यस्तो विजनेस गज्जबले चल्छ ।’

हिजोसम्म विदेश जान्छु भनेको छोरा एक्कासी यहीं बसेर ‘धोबी’ हुन्छु भनेको सुन्दा आमाले ‘के भनेको यस्तोरु’ किसिमको प्रतिक्रिया नदिइ रहन सकिनन् । सुजनको मस्तिष्कले अझै भुलेको छैन ‘धोबी हुने भइस् अब’ आमाले भनेका यी चार शब्द ।

त्यसो त राजधानीमा पनि थुप्रै लन्ड्री सर्भिसहरु देखेका थिए सुजनले तर, घरघर गएर कपडा लिने र धोइसकेर फेरि पु(याइदिने किसिमको सेवा अहिलेसम्म कुनै लन्ड्रीले नगरेको उनले पहिल्याए । त्यही क्षण उनको मस्तिष्कले एउटा बिज्नेस योजना को(यो ‘फ्रि पिक एण्ड डेलिभरी लन्ड्री सर्भिस ’।

तपाईको प्रतिक्रिया