सिम्ताली सन्देश लोकार्पण तथा कविगोष्ठी सम्पन्न


सुर्खेत । सिम्ताली एकता समाज नेपाल, सुर्खेतले आयोजना गरेको सिम्ताली सन्देश लोकार्पण तथा कविगोष्ठी भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
सिम्ताली सन्देश अर्धवार्षिक पत्रीकाको नबौ अंक प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव, प्रगतिशील लेखक सङघका अध्यक्ष, भाषा आयोगका सल्लाहकार, सिम्ताली एकता समाज नेपालका सल्लाहकार समेत रहनु भएका प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले उक्त नबौ अंकको भर्चुअल माध्यमबाट लोकार्पण गर्नु भएको हो ।
प्रा.डा गिरीले आफुले सिम्ताली शब्दकोष निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको पनि बताउनु भयो । विशिष्ट अतिथि सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र के.सी.ले भाषा – साहित्य र संस्कृतिको विकासका निम्ति हरेक वर्ष गाउँ पालिकाले बजेट छुट्याउने गरेको जानकारी गराउँदै आगामी दिनमा पनि गाउँ पालिकाबाट सहयोग हुनेछ भनेर आफ्नो प्रतिबद्धता जाहेर गर्नु भएको हो । अध्यक्ष के.सिले सिम्ताली सन्देश नबौ अंक प्रकाशन गरेकोमा सिम्ताली एकता समाज नेपाललाई धन्यवाद प्रकट गर्नु भएको छ। सुर्खेत बहुमुखी क्याम्पसका उप प्राध्यापक डा.दीपक गौततले सिम्ताली सन्देश नबौ अंकको बारेमा टिप्पणी गर्नुका साथै रचनात्मक सुझाब व्यक्त गर्नु भएको हो ।
उहाँलाई सिम्ताली एकता समाज नेपाल, सुर्खेतले टिप्पणीकर्ताको जिम्मा दिएको थियो । उहाँको टिप्पणीले सिम्ताली एकता समाज नेपाललाई नयाँ उर्जा र प्रेरणा प्राप्त भएको सिम्ताली एकता समाज नेपालका अध्यक्ष ललित सिंह ले व्यक्त गर्नु भएको छ । सुर्खेत बहुमुखी क्याम्पसका सह. उपप्रध्यापक डा.हर्क बहादुर शाही, सुर्खेत बहुमुखी क्याम्पसका उप. प्रध्यापक बलभद्र भारती, नेकपा एमाले सुर्खेतको जिल्ला कमिटी सदस्य तथा साहित्यकार कोकिला सिंह ठकुरी, श्री वागेश्वरी माध्यामिक विद्यालय राकमका शिक्षक तथा गजलाकार विनोद भट्टराई, सिम्ताली एकता समाज नेपालका संस्थापक अध्यक्ष गगन सिंह ठकुरी र पुर्व अध्यक्ष ध्रुब सिंह ठकुरिले मनतव्य राख्नु भएको हो।उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष ललित सिंह ठकुरीले गर्नु भएको हो ।
थुमान अधिकारीद्वारा सञ्चालित उक्त कार्यक्रममा सिम्ताली एकता समाज नेपालका नि. वर्तमान अध्यक्ष सुबास वि.सिले स्वागत मनतब्य राख्नु भएको थियो । साथै उक्त भर्चुअल कार्यक्रममा ५० भन्दा बढीको सहभागीता रहेको थियो ।


तपाईको प्रतिक्रिया